खैरहनीमा ७४ वर्षकी महिला मृत अवस्थामा भेटिए, हत्या भएको हुन सक्ने आशंका

खैरहनीमा ७४ वर्षकी महिला मृत अवस्थामा भेटिए, हत्या भएको हुन सक्ने आशंका

खैरहनी । पूर्वी चितवनको खैरहनीमा अन्दाजी ७४ वर्षकी एक बृद्ध महिला मृत अवस्थामा फेला परेकीछिन् । खैरहनी नगरपालिकाको वडा नं. ३ टुङ्गरामा बस्दै आएकी महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकाी हुन । स्थानीयले उनको हत्या भएको हुन सक्ने आशंका गरेका छन् । उनको घाँटीमा डोरीले बेरको जस्तो खद देखिएको छ ।

उनी बोल्न नसक्ने थिइन । घरमा कोहिपनि नभएको बेला घटना भएको स्थानीयले बताएका छन् । मृतकका भाइ बुहारी छोरीको जाँदा उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको भाइ, बुहारी, भाइ बुहारीकै छोरी ज्वाई र उनीहरुको छोछोरी गरी सातजना परिवार सँगै बस्दै आएका थिए । घटना शंकास्पद देखिएकाले अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी प्रमुख ऋषिराम घर्तीमगरले जानकारी दिए ।

शव पोष्टमार्टमाका लागि भरतपुर अस्पताल पठाइएको छ ।



ट्रेन्डिङ