तेस्रो मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने सरकारको निर्णय

तेस्रो मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने सरकारको निर्णय

सरकारले तेस्रो मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने निर्णय गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले उद्धारसम्बन्धी कार्ययोजनालाई अन्तिम रुप दिएको छ ।मन्त्रिपरिषदको १२ जेठको बैठकले अप्ठ्यारोमा परेका नागरिकको उद्धार गर्ने नीतिगत निर्णय गरेको थियो । त्यसअनुसार समितिले ककसलाई कुन चरणमा उद्धार गर्ने भन्ने कार्ययोजना बनाएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका तर नेपाल फर्किन अनुमति पाएका, आफन्तको मृत्यु भएर काजकिरियाका लागि नेपाल आउनुपर्नेहरु र श्रम करार सकिएका तथा रोजगारी गुमाएकाहरुलाई उद्दार गरिनेछ ।यस्तै कोरोनाबाहेक गम्भीर स्वास्थ्य समस्या भएका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक, अध्ययन तथा तालिममा गएर अड्किएका सरकारी कर्मचारी, अध्ययन सकिएका विद्यार्थीहरु तथा कलेज बन्द भएर वा संक्रमणका कारण फर्किनुपर्ने अवस्थामा पुगेका विद्यार्थीहरु, पारिवारिक पुनर्मिलनका लागि गएका, पर्यटक तथा व्यापारिक भिसामा गएर अड्किएकाहरुलाई पनि उद्धार गरिनेछ ।

सचिव विडारीकाअनुसार अहिले प्रारम्भिक सूची बनेको छ र त्यसलाई परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकमा रहेका दूताबासमार्फत अन्तिम रुप दिएपछि उद्धार सुरु हुनेछ । ‘८ र १० दिनमा मन्त्रालयले अन्तिम सूची बनाएपछि उद्धार सुरु हुन्छ’ समितिमा रहेका एक मन्त्रीले भने, ‘अहिले करिव २५र३० हजारको सूची छ ।’ उनकाअनुसार साइप्रसलगायतका देशमा अवस्था केही सहज भएकाले नाम टिपाएकाहरु नआउने सम्भावना छ । खाडी मुलुकबाट भने थप मानिस आउने अनुमान छ ।



ट्रेन्डिङ