चौरजहारी हत्याकाण्डको विरोधमा चितवनमा प्रर्दशन, घटनाको स्वतन्त्र छानविनको माग

चौरजहारी हत्याकाण्डको विरोधमा चितवनमा प्रर्दशन, घटनाको स्वतन्त्र छानविनको माग

चितवन १६ जेठ । रुकुम जिल्लाको चौरजहारी हत्याकाण्डाको विरुद्धमा नेकपा ( क्रान्तिकारी माओवादी ) निकट नेपाल दलित मुक्तिमोर्चा नेपाल चितवनले भरतपुरमा प्रदर्शन गरेको छ । वीरेन्द्र क्याम्पस अगाडीबाट सुरुभएको विरोध जुलुस चौविसकोठी पुगेर विरोध सभामा परिणत भएको थियो ।

सभामा बोल्दै नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सह–संयोजक वावुराम प्यासीले रुकुममा जातीय आधारमा सत्ताको आडलिएर दलितहरुमाथी सामुहिक नरसंहार हत्या गरिएको भन्दै घटनाको सत्य, तथ्य, निष्पक्ष र स्वतन्त्र छानविनको माग गरे । दोषिमाथी सशक्त कार्वाही नभए त्यो घटनाका दोषिहरुलाई आफुहरुले कार्वाही गर्ने बताए । त्यहाँका संसद जनार्दन शर्माको अभिव्यक्तिले राजनीतिक आवरणमा दोषीहरु उम्कन सक्ने प्रति सतर्क रहदै मानवताविरोधी यो हत्याकाण्डाको विरुद्धमा सबैलाइृ एकतावद्ध  भएर संघर्षमा हातेमालो गर्न आग्रह गरे ।

दलित मुक्ति मोर्चा चितवनका संयोजक रामचन्द्र विकले संचालन गरेको कार्यक्रममा क्रान्तिकारी माओवादीको महिला नेतृ तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकी केन्द्रीय सदस्य अम्बिका मुडभरी लगायतले चौरजहारी हत्याकाण्डका दोषीहरुलाई कार्वाहीको दायरामा ल्याउन सशक्त संघर्षगर्नुेपर्ने बताए ।



ट्रेन्डिङ