क्वारेन्टिनमा राख्ने विषयमा रौतहटमा स्थानीय र प्रहरीबीच झडप

क्वारेन्टिनमा राख्ने विषयमा रौतहटमा स्थानीय र प्रहरीबीच झडप

रौतहट १६ जेठ । भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्ने विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ । मुम्वईमा ब्याग उद्योगमा काम गरेर फर्किएकाहरुलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टिनमा राख्न खोजेको थियो । तर वडा नम्बर ४ का वडाध्यक्ष पवन गिरीले आफ्नो वडामा नराख्न भनेपछि विवाद भएको हो ।

गिरी समर्थकहरुले प्रहरीमाथि ढुङ्गामुढा गरेको प्रहरी निरिक्षक चन्द्रकिशोर साहले जानकारी दिए । प्रहरीले वडाध्यक्ष गिरीलाई नियन्त्रणमा लिएको छ । रौतहटको गुजरा नगरपालिकामा भारतबाट आएका ७५ जना तीन दिनदेखी गुजरा ५ को इस्लामपुरमा रहेको हाटबजार लाग्ने ठाउँमा बस्दै आएका थिए । उनिहरुलाई स्थानीय तहले सीमाबाट केही दिनअघि उद्धार गरेको थियो ।



ट्रेन्डिङ