अहिले सम्ममा चितवनबाट एक हजार ६ सय ९१ वटा नमुनाको परीक्षण

अहिले सम्ममा चितवनबाट एक हजार ६ सय ९१ वटा नमुनाको परीक्षण

भरतपुर १६ जेठ । चितवन जिल्लाबाट हालसम्ममा एक हजार ६ सय ९१ वटा नमुनाको परीक्षण भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार भरतपुर अस्पतालबाट ३ सय ९३ र कोरोना अस्पतालबाट ८ सय ९६ वटा गरी एक हजार २ सय ८९ वटा नमुना संकलन भएको थियो । बाँकी ४ सय २ वटा नमुना भने जिल्लाका अन्य अस्पतालबाट संकलन भएको उनले बताए ।

अन्य अस्पतालमा सिएमसी, सिएमएस, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल, गुञ्जमानसिंह अस्पताल, जुटपानी स्वास्थ्य केन्द्रलगायतबाट नमुना संकलन हुँदै आएको छ । एक हजार ६९१ वटा नमुना संकलनपश्चात् परीक्षण भएको चितवनमा हालसम्ममा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना यसअघि नै निको भएर घर गइसकेका छन् भने बाँकी ६ जना भरतपुर अस्पतालमा उपचाररत छन् ।

अहिले हेटौँडाको प्रयोगशालामा परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएकी एक युवतीलाई समेत भरतपुर अस्पतालमै राखेर उपचार गराइएको छ । ती युवतीसहित भरतपुर अस्पतालमा अहिले सात जना कोरोना संक्रमितको उपचार भइरहेको छ । हाल उपचाररत रहेका संक्रमितमध्ये हेटौँडाकी युवतीसहित दुई महिला र पाँच जना पुरूष रहेका छन् ।



ट्रेन्डिङ