सरकारको बजेटलाई भरतपुर महानगरद्धारा स्वागत

सरकारको बजेटलाई भरतपुर महानगरद्धारा स्वागत

चितवन १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवार प्रस्तुत गरेको बजेटलाई भरतपुर महानगरले स्वागत गरेको छ । विकास र पूर्वाधारको हिसावले अब्बल बजेट आएको भन्दै महानगर प्रमुख रेणु दाहाले खुशी व्यक्त गरेकी छिन् । भरतपुरमा निर्माण हुन लागेको सिटीहललाई निरन्तरता दिएपछि रेणु दाहालले खुशी व्यक्त गरेकी हुन ।

भरतपुर सिटी हललाई निरन्तरता सँगै भरतपुर विमानस्थल विस्तार सहित प्रदेश स्तरिय विमानस्थाल बनाउने सरकारको योजना छ । यस्तै चितवनमा विद्युतिय तार भूमिगत गर्ने कार्यलाई बजेटमा समावेश गरिएको छ । यो योजनाको हाल डिपिआर समेत सम्पन्न भइसकेको छ । अर्थमन्त्री डा. खतिवडाले ‘विद्युतिय तारभूमिगत गर्ने गरी बजेटको व्यस्था गरेकोछु’ बजेट सार्वजनिक गर्दै भने । यसैगरी क्रिकेट रंगशाला विभिन्न सडक लगायत भरतपुर महानगरभित्रका महत्वपूर्ण योजनाका लागि बजेट विनियोजन तथा त्यसलाई निरन्तरता दिएको छ ।

अर्थमन्त्री डा. खतिवडाले बजेट प्रस्तुत गरेर सके लगतै महानगरपालिकाकी मेयर रेणू दाहालले हामीसबैलाई बधाई भन्दै फेसबुकमा पोष्ट समेत गरेकीछिन् ।



ट्रेन्डिङ