आफ्ना सदस्यहरुको कोरोना विमा गर्ने थारु पत्रकार संघको निर्णय

आफ्ना सदस्यहरुको कोरोना विमा गर्ने थारु पत्रकार संघको निर्णय

कारी महतो
चितवन १५ जेठ । देशको विषम परिस्थितिमा थारु पत्रकार संघ नेपालको आज जुम बैठक सम्पन्न भएको छ । संघका पूर्व अध्यक्षहरु लक्की चौधरी, कृष्णराज सर्वहारी, मदन चौधरीको सहभागीतामा वर्तमान केन्द्रीय अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा आज बैठक सम्पन्न भएको हो ।
बैठकबाट थारु पत्रकारहरुका लागि कोरोना बिमा गर्ने, अनलाइन भर्चुअल पत्रकारिता तालिम आयोजना गर्ने, मुखपत्र फुलरिया प्रकाशनको तयारी गर्ने लगायत विभिन्न महत्वपूर्ण निर्णय गरिएको छ । एकजना थारु पत्रकार लगायत केहि अन्य पत्रकारहरुलाई पनि कोरोना संक्रमण देखिएकोले सामाजिक दुरी कायम गरी निकै सतर्कपूर्वक रिपोर्टिङ गर्नका लागि थारु पत्रकार संघ नेपालका पूर्वअध्यक्षहरुले बैठकबाट अनुरोध गरेका छन् । संक्रमित पत्रकारहरु लगायत सम्पूर्ण संक्रमित जनसमुदायहरुको शिघ्रस्वास्थ्य लाभको कामना गर्दै थारु पत्रकारहरुका लागि कोरोना बिमा गर्ने बैठकले निर्णय गरेको छ ।

पहिलो चरणमा केन्द्रीय कार्यसमितिका सदस्य र सल्लाहकारहरुको कोरोना बिमा गर्ने र त्यसका लागि केन्द्रीय अध्यक्ष सन्तोष दहित र रामचन्द्र कुश्मीलाई जिम्मेवारी दिइएको महासचिव सन्त कुमार चौधरीले जानकारी गराउनु भयो । त्यस्तै थारु पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि अनलाईन भर्चुअल पत्रकारिता तालिम सम्पन्न गर्न महासचिव सन्त कुमार चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ । पहिलो चरणको तालिम ३ दिनको रहने, त्यसपछि आवश्यकता अनुसार तालिमको समय थप गर्न सकिने महासचिव चौधरीले बताए ।
त्यसैगरी संघको मुखपत्रको रुपमा पत्रकाशन हुँदै आएको फुलरिया पत्रिका प्रकाशनको तयारी गर्ने निर्णय समेत आजको बैठकबाट पारीत भएको छ ।



ट्रेन्डिङ