राष्ट्रपति शैक्षिक सुधार कोषमा ६ अर्ब, दिवा खाजाका लागि ७ अर्ब रुपैयाँ

राष्ट्रपति शैक्षिक सुधार कोषमा ६ अर्ब, दिवा खाजाका लागि ७ अर्ब रुपैयाँ

चितवन १५ जेठ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कोष कार्यक्रमअन्तर्गत ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा ५ अर्ब रुपैयाँको यस्तो कार्यक्रम राखिएकामा आगामी वर्षका लागि १ अर्ब रुपैयाँ बढाइएको  हो । यस कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयको पूर्वाधार विकास, शिक्षण सामग्री, खेल मैदान, प्रयोगशाला, प्राविधिक एवं व्यावसायिक शिक्षाको पहुँच वृद्धिमा लगानी गरिने जनाइएको छ । यसरी नै दिवा खाजाका लागि ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।



ट्रेन्डिङ