भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थल बनाइने

भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थल बनाइने

चितवन १५ जेठ । सरकारले भरतपुर विमानस्थललाई प्रादेशक विमानस्थलको रुपमा विकास गर्ने योजना बनाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आव २०७७र७८ को बजेट प्रस्तुत गर्दै भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थलको रुपमा स्तरोन्नती गरिने जानकारी दिए । हवाई मार्गको विकास गर्ने योजना अन्तर्गत सरकारले भरतपुर विमानस्थललाई प्रादेशीक विमानस्थलको रुपमा विकास गर्ने योजना बनाएको हो । ‘यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु ’बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भने ।



ट्रेन्डिङ