कोरोना भाइरसको संक्रमण रोकथामका लागि ६ अर्ब बजेट विनियोजन

कोरोना भाइरसको संक्रमण रोकथामका लागि ६ अर्ब बजेट विनियोजन

काठमाडौं १५ जेठ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ अर्ब बजेट छुट्टाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाममा ६ अर्ब रुपैयाँ बजेट छुट्टाएको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको रोकथाममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको जानकारी गराए । त्यस्तै सरकारले आगामी वर्षभित्र उपत्यकामा ३ सय शैय्याको छुट्टै सरुवा रोग अस्पताल पनि निर्माण गरिने भएको छ।

प्रदेशका राजधानीमा भएका अस्पतालहरूमा २ सय ५० बेडको आइसियु स्थापना गरिने र प्रदेश राजधानीमा ५० बेडको सरूवा रोग अस्पताल पनि सञ्चालनमा ल्याइने खतिवडाले जानकारी दिए ।



ट्रेन्डिङ