थप १५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०४२ जना पुग्यो

थप १५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०४२ जना पुग्यो

काठमाडौं १५ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ जना पुगेको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिएपनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ।



ट्रेन्डिङ