काँग्रेस केन्द्रीय समितिले दिउँसो दुई बजे पत्रकार सम्मेलन गर्दै

काँग्रेस केन्द्रीय समितिले दिउँसो दुई बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं १५ जेठ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । जेठ १७ गते पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले जनाएका छन् । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

यसैबीच संविधान संशोधनको विषय संसदको कार्यसूचीमा राखेर अन्तिम समयमा हटाएको बारेमा जानकारी दिन दिउँसो दुई बजे पत्रकार सम्मेलन गर्ने कांग्रेसको तयारी छ ।



ट्रेन्डिङ