कोरोना संक्रमणका कारण ललितपुरमा १ जनाको मृत्यु

कोरोना संक्रमणका कारण ललितपुरमा १ जनाको मृत्यु

ललितपुर । कोरोना भाइरस  कोभिड- १९ को संक्रमण पुष्टि भएका एक बिरामीको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । किष्ट मेडिकल कलेज, ललितपुरमा उपचाररत ५७ वर्षीय पुरुषको आज साँझ मृत्यु भएको हो । उनमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले ललितपुर महागनरपालिका २२ का ती बिरामी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए । डा. गेलालले भने, ‘किष्ट मेडिकल कलेजको आइसीयुमा उपचाररत बिरामीको आज साँझ निधन भएको र १२ गते स्वाव परीक्षणका लागि पठाएकोमा साँझ नै रिपोर्ट पोजेटिभ आएको जानकारी पाएको छु, अब के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दैछु ।’ ती बिरामी केही दिनअघि उपचारका लागि पाटन अस्पताल आएका थिए । ‘अल्कोहलिक लिभिर डिजिज’ बिरामी भएकाले आइसीयुमा राख्नुपर्ने भएपछि पाटन अस्पतालमा आइसीयु नभएपछि किष्ट मेडिकल कलेज पठाएको थियो ।

५९ वर्षिय पुरुषको मृत्युभएको हो । मृतक ललितपुरको भैंसेपाटीका स्थायी निवासी हुन् । उनको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हो । मृतक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए । ​

मृतकको शव अस्पतालमै रहेको छ ।  कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ

 



ट्रेन्डिङ