चितवन प्रशासनद्धारा घरघरमा दीपावली गर्न जिल्लाबासीलाई आग्रह

चितवन प्रशासनद्धारा घरघरमा दीपावली गर्न जिल्लाबासीलाई आग्रह

चितवन १४ जेठ । गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय चितवनले घरघरमा दीपावली गर्न सम्पूर्ण जिल्लाबासीमा आग्रह गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर आज साँझ, बिहीबार र शुक्रबार साँझ दीपावली गर्न चितवन प्रशासनले आग्रह गरेको हो ।

शुभकामना सन्देश जारी गर्दै चितवन प्रशासन कार्यालयले कोरोना भाइरस ( कोभिड–१९) महामारीका कारण गणतन्त्र दिवस २०७७ को अवसरमा औपचारिक कार्यक्रम आयोजना गरी मनाउन असम्भव हुने भएकाले जिल्लास्थित सबै कार्यालय, गैरसरकारी कार्यालय र आमनागरिकलाई घरघरमा दीपावली गर्न अनुरोध गरेको हो । देशमा गणतन्त्र आएको खुशीयालीमा जेठ १५ गते गणतन्त्र दिवस मनाउँदै आईएको छ ।



ट्रेन्डिङ