सामाजिक दुरी कायम गरौं पोष्टर ब्लड बैंको भित्तामा मात्रै सिमित – पिविएम न्यूजकर्मीले जे देखे

सामाजिक दुरी कायम गरौं पोष्टर ब्लड बैंको भित्तामा मात्रै सिमित – पिविएम न्यूजकर्मीले जे देखे

भरतपुर १४ जेठ । समाजका हेरक पाटो नियाल्ने हाम्रो दायित्व हो । समाजलाई शुसुचित गर्ने देखि खबरदारी गर्नेमा हामी निरन्तर लागिरहेका छौं । पछिल्लो समयमा संक्रमण फैलिन नदिन सामाजिक दुरी कायम गर्न सरकारले भनिरहेको छ । तर भरतपुर अस्पतालसँगैको ब्लकमा रहेको ब्लड बैंकमा कुनैपनि सावधानी अपनाईएको छैन । पिविएम न्यूज कर्मी मनोज चौधरीले देख्नुभएको दृश्यलाई संक्षिप्तमा राखेका छौं ।

म अहिले भरतपुर सरकारी अस्पताल अगाडीको ब्लड बैंक परिसरमा छु । रगत लिन आउने, दिन आउनेहरुको घुइचो छ । हुनुपनि स्वभाविक हो । तर कोरोनाको संक्रमणले भयावह रुप लिइरहेका बेला यहाँ कुनैपनि खालका सावधानी अपनाईएको देखिदैन । विश्व नै लक डाउनको चपेटामा छ । विभिन्न संचारमाध्यमद्धारा सामाजिक दुरी कामय गर्न अनुरोध गरिएको छ । सरकारले पनि सामाजिक दुरी कायम गर्न भनिरहेको छ । रेडक्रस भवन काउण्टरको भित्तामा पनि ‘सामाजिक दुरी कामय गरांैं’ लेखिएको जनहितमा जारी सूचना टाँस गरिएको छ । तर यहाँ आउनेसेवाग्राही सबै हतारमा मात्रै देखिन्छन् । सबैलाई काम फत्तेगर्न हतार छ । काउण्टर वरिपरि नै अव्यवस्थित भिडभाड देखिएको छ ।

कोरोना भाइरसको महामारी थाह नभएर हो या नडराएर हो कोहि कसैमा थोरै पनि डर त्रास वा सजकता राख्नुपर्ने ख्याल छैन । यहाँ आउने सेवाग्राही देखि यहाँ कामगर्ने चिकित्सकहरु समेत यो विषयमा जानकार छैनन जस्तै गरी बसेका देखिन्छन । महामारीको बेला मात्रै होइन अरु बेला पनि यहाँ आउनेहरुको भीड बढी नै हुन्छ । यो ठाउँलाई संवेदनशील ठाउँको रुपमा लिने गरिन्छ । यसैगरी लापरवाही बढ्दै गए कोरोना संक्रमण यहाँहुँदै अन्यत्र पनि फैलिन नसक्ला भन्न सकिन्न । त्यसैले कम्तीमा सामाजिक दुरी कायम गरि आफुपनि बच्ने, अरुलाई पनि बचाउन तिर गम्भिर भएर लाग्न आवश्यक छ । यसतर्फ सम्बन्धित सरोकारवालाहरुका ध्यान जाओस ।



ट्रेन्डिङ