हेटौंडाकी महिलालाई चितवन हुँदा नै संक्रमण भएको आंशका, कन्ट्याक्ट ट्रेसिङ्ग हुँदै

हेटौंडाकी महिलालाई चितवन हुँदा नै संक्रमण भएको आंशका, कन्ट्याक्ट ट्रेसिङ्ग हुँदै

चितवन १४ जेठ । मकवानपुरको हेटौंडाकी एक महिलालाई चितवनमा हुँदा नै कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । जेठ ९ गते श्रीमान सहित हेटौंडा गएकी उनमा कोरोना संक्रमणको पुष्टी भएपछि चितवनमा उनको कन्ट्याक्ट ट्रेसिङ्ग सुुरु भएको छ । हेटौडा पुगेको भोली पल्ट उनीहरुको स्वाब संकलन गरिएको थियो । सोही दिन स्वाव संकलन गर्ने भनिएपनि राती भएकाले भोली पल्ट मात्रै संकलन गरिएको हो । पाँचदिन अघि मात्रै श्रीमानसँग उनी हेटौंडा गएकी थिइन ।

हेडौंडा पुगे लगतै उनको स्वाब संकलन गरेर गरिएको थियो । चितवनबाट गएलगतै स्वाब संकलन गरिएकाले चितवनमा हुँदै उनमा संक्रमण हुन सक्ने स्वास्थ्यकर्मीहरुको आशंका छ । चितवनमा भएकै बेला संक्रमण भएको हुन सक्ने आशंकाका आधारमा चितवनमा उनको कन्ट्याक्ट ट्रेसिङ्ग सुरु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । संक्रमित महिला बस्ने कोठा, उनका आफन्त र अन्य सम्पर्कमा आएका साथीहरुको खोजी सुरु गरिएको छ ।

उनीहरु भरतपुरमा बस्दै आएको स्रोतको भनाई छ । हेटौंडा पुगेलगतै श्रीमान श्रीमति दुवैको स्वाव संकलन गरिएको भएपनि श्रीमानको रिपोर्ट आइसकेको छैन । महिलालाई भने आइसोलेटका लागि भरतपुर कोरोना विशेष अस्पताल ल्याइएको छ । उनको श्रीमान मालपोत कार्यालय भरतपुरमा काम गर्दै आएको खुलेको छ । ((०))



ट्रेन्डिङ