तरकारी कुहिएपनि आत्मवल ताजा नै छ, फेरि सुरुवात गर्न थालेका छौं – किसान

तरकारी कुहिएपनि आत्मवल ताजा नै छ, फेरि सुरुवात गर्न थालेका छौं  – किसान

मनोज चौधरी
भरतपुर १४ जेठ । जारी लक डाउनले बजार अस्तव्यस्त बनेपनि पश्चिम चितवनका किसानहरु निरास भइसकेका छैनन् । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएर खेतवारीमै कुहिएपनि यिनीहरुको अटोट र आत्मवल भने ताजा नै छ । भरतपुर महानगरपालिकाको वडा नंं २४ नयाँ बस्ती स्थित केरुङ्गा सामुहिक तरकारी कृषि फर्मको ६२ विगहा जमिनमा फलेको तरकारी खेतवारीमै कुहियो । तर यहाँका कृषकहरु निरास भइसकेका छैनन् । तरकारी बेचेर आम्दानी लिने सपना लकडाउने तुहिएपनि यिनीहरुको आट र लगाव अझै जारी छ । खेतवारीमै कुहिन लागेको तरकारी र तरकारीका झालबाट कम्पोष्ट मल बनाएर माटोलाई उर्बर बनाउँदैछन् । धमाधम नयाँ संरचनाहरु तयार हुँदैछन् ।

कृषिफर्मलाई आधुनिक कृषिजन्य तरकारी उत्पादन गर्ने फार्मको रुपमा विकास गर्दैछन् । यो कृषि फार्मले १ सय जना स्थानीयलाई रोजगार दिएको छ । तरकारी टिपेर रोजिरोटी चलाउनेहरु अहिले कुहिएको तरकारी र झाललाई कम्पोष्ट मल बनाउन कस्सिएर लागेका छन् । स्थानीयलाई पारिश्रीक नै दिएर फार्मले मल बनाउन लागेको कृषि र्फामका सचिव श्रीराम भुजेलले पिविएम न्यूजलाई बताए । पश्चिम चितवनका ९६ जना किसानहरु केरुङ्गा सामुहिक तरकारी कृषि फर्ममा आवद्ध छन् ।
आफुहरुको उत्पादनले बजार पाउनेमा यहाँका किसानहरु ढुक्कछन् । अहिले देखिएको समस्या केहि समयका लागि देखिएकाले यसले दीर्घकालिन प्रभाव नपार्ने किसानहरुको भनाई छ । भरतपुर महानगरपालिकाको वडा नंं. २४ का वडा अध्यक्ष कान्छा मल्लले किसानहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । निरास पार्ने होइन, उत्साहित बनाउने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । पछिल्लो समय किसानहरुमा देखिएको समस्यालाई सरकारले समेत राम्रोसँग अध्ययन गरिरहेको र आगामी दिनमा यस्को विकल्प खोज्नेगरी योजनाहरु वडाले ल्याउने प्रष्ट पारे ।



ट्रेन्डिङ