संविधान संशोधन प्रस्ताव आजको संसद बैठकमा पेश गर्ने तयारी

संविधान संशोधन प्रस्ताव आजको संसद बैठकमा पेश गर्ने तयारी

काठमाडौं १४ जेठ । सरकारले संविधान संशोधन प्रस्ताव आजको संसद बैठकमा पेश गर्ने भएको छ । दिउँसो २ बजे बस्ने संसद बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पेश गर्ने कार्यसूची संघीय संसद सचिवालयले तयार पारेको छ ।

सरकारले संविधान संशोधनका लागि हिजो सर्वदलीय बैठकमा तत्कालका लागि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूभाग समेटेर तयार पारिएको नक्सालाई संविधानको अनुसूची ३ मा समावेश गर्न संविधान संशोधन गर्नुपर्ने सहमति बनेको थियो । भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेको नक्सा सरकारले जारी गरेपछि त्यसलाई कानुनी हिसाबले वैधानिकता दिनका लागि संविधानको अनुसूचीमै परिवर्तन गर्न आवश्यक भएकाले संविधान संशोधन गर्न आवश्यक थियो ।



ट्रेन्डिङ