वर्ड एजुकेशन शोसाइटीको २४ औं बार्षिकोत्सव सकियो

वर्ड एजुकेशन शोसाइटीको २४ औं बार्षिकोत्सव सकियो

दीपेश चौधरी
सौराहा १३ जेठ । वर्ड एजुकेशन शोसाईटीको २४ औं बार्षिकोत्सव मंगलवार सम्पन्न भएको छ । सामाजिक दुरी कायम गरेर कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै बाघमारा मध्यवर्ती समुदायिक वनका अध्यक्ष जीतवहादुर तामाङले चरा संरक्षणमा वर्डएजुकेशन शोसाईटीले महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष तामाङले संरक्षणको पाटोमा शोसाईटीको भूमिका प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा वरिष्ठ चराविद टिका गिरीले चराको संरक्षण नभए सम्म पर्यटनको सम्भावना नभएको बताए । चरा हेर्नकै लागिपनि कतिपय पर्यटकहरु नेपाल आउने गरेको उनको भनाई छ ।  कार्यक्रममा वर्ड एजुकेशन शोसाईटीका संस्थापक सचिव रमेश चौधरी, चराविद, तथा पूर्व अध्यक्ष बासु विडारी, पूर्व अध्यक्ष टेकवहादुर गुरुङ, नेपाल वाइल्डलाईफ फोटोग्राफिका अध्यक्ष लोजिक  श्रेष्ठ, चोरी सिकारी नियन्त्रण अभियन्ता डोमा पौडेल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम वर्ड एजुकेशन शोसाईटीका अध्यक्ष सरस्वती सेढाइको अध्यक्षतामा आयोजना गरिएको थियो ।



ट्रेन्डिङ