कालिका ३ ले क्वारेन्टाईन तयार पार्यो

कालिका ३ ले क्वारेन्टाईन तयार पार्यो

पदमपुर १३ जेठ । कालिका नगरपालिकाको वडा नंं ३ ले १० वटा वेड सहितको क्वारेन्टाइन तयार पारेको छ । शंकास्पद कोरोना संक्रमित तथा विदेशवाट आएका वडाबासीलाई राख्नका लागि हाल १० वटा बेड सहितको क्वारेन्टाईन तयार पारेको हो ।क्वारेन्टाइन आवश्यकता अनुसार तत्काल संचालन गर्न सकिने छ । स्थानीय युवाहरु क्वारेन्टाईन व्यवस्थापनमा जुटेका थिए । क्वारेन्टाईन तयार पारिएको परिसरमा बाँस गाडेर डोरी बनाई व्यस्थित बनाउने प्रयास गरिएको स्थानीय युवा शेषकान्त रिजालले बताए ।

वडा नं. ३ ले आधारभूत विद्यालय बनकट्टालाई क्वारेन्टाइन स्थलको बनाउन प्रयोग गरेको छ । विद्यालयमा तारबारको व्यवस्थापन, सुरक्षाका लागि सिसिटीभी समेत भएकाले यो स्थान उपयुक्त लागेर सर्वदलिय सहमति अनुसार नै छनौट गरिएको हो । क्वारेन्टाई संचालन सुरु भएसँगै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुको टिम समेत यहाँ रहनेछन् । उनीहरुलाई खान, बस्न र नियमित स्वास्थ्य परीक्षणको व्यवस्थापन हुने वडा अध्यक्ष टिका रिजालले जानकारी दिए । वडा अध्यक्ष रिजालका अनुसार आवश्यकताका आधारमा ६० वटा वेड सम्म थप्न मिल्ने गरी क्वारेन्टाइन तयारी गरिएको हो । हाल सम्म वडामा कुनैपनि खालका शंकास्पद व्यक्तिहरु सम्पर्कमा आएका छैनन् । विदेशवाट आउनेहरुको विषयमा सचेत उच्च निगरानी गरिएको छ ।



ट्रेन्डिङ