जन्म दिनको अवसरमा सुकुम्वासी परिवारलाई राहत (फोटोफिचर सहित )

जन्म दिनको अवसरमा सुकुम्वासी परिवारलाई राहत (फोटोफिचर सहित )

पिविएम न्यूज
कालिका १३, जेठ । कालिका नगरपालिकाको वडा नं. ४ मा रहेको एउटा सुकुम्वासी परिवारलाई सिंगो टिम नामको समुहले खाद्यान्नका सामग्री प्रदान गरेका छन् । कालिका नगरपालिकाको वडा नं. पदमपुर स्थित गोपी विकको परिवारलाई २० दिन सम्म पुग्ने गरी एकबोरा चामल, दाल २ किलो, नुन २ पोका, तेल १ लिटर साबुन २ वटा गरी २ हजार रुपैयाँ आर्थिक बराबरको खाद्यन्न सामग्री प्रदान गरिएको हो ।

जारी लक डाउनका कारण घरमा खाद्यन्न अभावले भोकै बस्नुपर्ने अवस्था सृजना भएको सूचना पाएपछि सामाजिक अभियन्ता मुरली प्रसाद गजुरले सहितको टिमले विकको घरमै पुगेर खाद्यन्न सामग्री दिएका हुन । नर्वेमा बस्दै आएका माइलीबुहारी सविना रोक्काको यही जेठ १० गते परेको जन्मदिनको अवसरमा खैरहनी नगरपालिका वडा नं. ८ पर्सा बस्ने क्या. चित्रवहादुर रोक्काले २ हजार रुपैयाँ सिंगो टिमलाई प्रदान गरेका थिए । सोही रकम मूल्य बराबरको खाद्यन्न सामग्री खरिद गरेर ति परिवारलाई प्रदान गरिएको हो । युवा अगुवा स्वरुप सुयल, सिंगो टिमका कमल पाठक, अशोक न्यौपाने, मुरली प्रसाद गजुरेल, स्थानीय समाजसेवी गीता अधिकारी, नेपाल पत्रकार महासंघ चितवनका सहसचिव सन्तकुमार चौधरी सहितको टिमले घरमै पुगेर गोपी विकका धर्मपत्नी पवित्रा विकलाई सामग्री हस्तान्तरण गरेका हुन ।

सरकारको तर्फवाट वडाले राहत वितरण गर्दै आएको भएपनि गोपी विक सहित दुईघरले राहत पाएका थिएनन । उनीहरुको नाम छुटफुटमा परेको भन्दै वडाले आलटाल गरेपछि सरकारी राहत पाउनबाट बञ्चित भए । गोपीको धर्मपत्नी पवित्रा शारीरिक घाइते छिन् । केहि महिना अघि मोटरसाईकल दुर्घटनामा परेर घाइते भइएकी हुन । बैसाखी टेकेर हिड्छिन् । श्रीमान विदेश जाने तयारीमा थिए । जारी लक डाउनले घरमा खाद्यन्न सकिएपछि जेठा छोरा गाउँघरमा तरकारी बेच्न जान्छन् । ४ कक्षामा बढ्दै गरेका आशिष विक उनका जेठा छोरा हुन । साहँवाट खरिद गरेको तरकारी बेचेर कहिले ३ सय रुपैयाँ, कहिले १५० रुपैयाँ लिएर आउँछन त्यहिँबाट जेनतेन घर चल्दै आएको पवित्राले दुखेसो पोखिन । लक डाउनका कारण कामगर्न जान नपाएपछि खाद्यन्न सकिएको हो उनले भनिन –‘तपाईहरु आइदिनुभयो खुशी लाग्यो । ’पवित्रा विकको १ छोरी २ छोरी सहित पाँचजनाको परिवार छन् ।



ट्रेन्डिङ