सुनौली नाकाबाट उद्धार गरिएकालाई बरुवास्थित क्वारेन्टाइन सेन्टरमा राखियो

सुनौली नाकाबाट उद्धार गरिएकालाई बरुवास्थित क्वारेन्टाइन सेन्टरमा राखियो

माडी १० जेठ । भैरहवाको सुनौली नाकाबाट उद्धार गरिएका ४१ जनालाई माडीको बरुवास्थित क्वारेन्टाइन सेन्टरमा राखिएको छ । उनीहरु सबैलाई सोमेश्वर माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइन सेन्टरमा राखिएको हो । क्वारेन्टाइन सेन्टरमा सबैका लागि सामाजिक दुरी कायम हुनेगरी बस्ने व्यवस्था मिलाइएको छ । खानपिनका लागि मेस, उच्च गतिको इन्टरनेट र नियमित स्वास्थ्य परीक्षणको व्यवस्था समेत क्वारेन्टाईन क्षेत्रमै गरिएको छ ।

नाकाबाट उद्धार गरेर उनीहरुलाई यतैबाट लिएर गएको बसमा ल्याइएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनीहरुलाई उद्धार गर्न बस चलाएर गएको चालकलाई भने आफ्नै घरको क्वारेन्टाइनमा राखिएको छ । शनिवार नै कपिलवस्तुको कृष्णनगर नाकाबाट १२ जनालाई उद्धार गरिएको छ । कृष्णनगर नाकावाट आएका १२ जना र सुनौलीबाटै उद्धार गरिएका थप १२ जनालाई बेग्लै समुह बनाई राखिएको छ । उनीहरुको समुहमा काँकडभित्ता नाकाबाट प्रवेश गरेर भरतपुर आइपुगेका अन्य तीनजनालाई पनि राखिने छ । यो समुहमा सबै गरेर २७ जना हुनेछन् ।



ट्रेन्डिङ