संविधान संशोधन गर्दा पहिचान पक्षधरलाई समेट्नु पर्ने थरुहट मोर्चाको माग ( विज्ञप्ति सहित )

संविधान संशोधन गर्दा पहिचान पक्षधरलाई समेट्नु पर्ने थरुहट मोर्चाको माग ( विज्ञप्ति सहित )

कारी महतो – पिविएम न्यूज
चितवन १०, जेठ । लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर जारी गरिएको नयाँ नक्सा अनुरुप संविधानको अनुसूची ३ मा रहेको निशाना छाप संशोधन हुने भएको छ । त्यसका लागि मन्त्रीपरिषदको निर्णय अनुसार संविधान संशोधन गर्न बनेको विधेयक संघीय सचिवालयमा दर्ता गरिएको छ ।  संविधान संशोधन हुँदै गर्दा पहिचान पक्षधरले विगतदेखि उठाउँदै आएको विषयलाई समेटेर संशोधन गर्न थरुहट थारुवान राष्ट्रिय मोर्चाले माग गरेको छ । मोर्चाले आज एक प्रेस विज्ञप्ति जारी गरी उक्त माग गरेका हुन् ।

मोर्चाका संयोजक लक्ष्मण थारुले हस्ताक्षर गरेको प्रेस विज्ञप्ति मार्फत् पहिचान पक्षधर आदिवासी जनजाति, थरुहट, दलित, मधेसी, मुस्लिम, महिला संघसंस्था तथा संगठनहरु निरन्तर संघर्षरत रहेकै बेला अनुसूचीलाई मात्रै लिएर दोश्रो पटक संशोधन हुनलागेको विधेयकले मुलुकको समग्र निकास र समस्याको समाधान गर्न नसक्ने जनाइएको छ ।

नेपाली जनताको त्याग र बलिदानीपूर्ण संघर्षबाट स्थापित संविधानसभाले परिवर्तनको मुद्दालाई कुल्चेर पहिचान सहितको संघीयता, नामाङ्कन, सीमाङ्कन, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताको मूल मर्म र भावना विपरित राजनीतिक बेइमानी गरेको र आदिवासी थारु, जनजाति, मधेसी, दलित, मुस्लिम, महिला लगायत सम्पूर्ण उपेक्षित, उत्पीडित जाति, वर्ग, लिंग, क्षेत्रका जनभावनालाई उपेक्षा गरिएको मोर्चाले जनाएको छ ।

पहिचान सहितको अधिकार सम्पन्न प्रदेश स्थापना गर्न मोर्चाले विगतदेखि उठाएका १४ बुँदे माग, मुद्दा र सरकारले पहिचान पक्षधरहरुसँग गरेको सम्झौता अनुरुप अनुसूची (४) मा रहेको प्रदेशको नामाङ्कन, सीमाङ्कन समेत हेरफेर गर्न सरकार समक्ष थरुहट मोर्चाले माग गरेको छ ।

 



ट्रेन्डिङ