व्यवस्थित युवा परिचालन आजको आवश्यकता

व्यवस्थित युवा परिचालन आजको आवश्यकता

निर्देशन त्रिपाठी –
यतिबेला कोरोना भाइरस कोबिड (१९ ले गर्दा बिश्व निकै आक्रान्त भैरहेको अवस्था छ । त्यस मध्य नेपाल पनि अछुतो रहेन । यतिबेला लाखौको रोजगार प्रभावित बनिरहेको अवस्था छ भने लाखौ ब्यक्तिको रोजिरोटी गुमेको अवस्था छ । यसबाट नेपाल पनि अछुतो रहेन । लाखौ युबा यतिबेला वैदेशिक रोजगारीमा रहेका छन ती सबै युवाहरु नेपाल फर्कने अवस्थामा रहेका छन । सरकारले यस विषयमा ध्यान दिन जरुरी छ । नि सबै युबाहरुको ज्ञान सीप दक्षता अनुसार रोजगारी दिन सक्नुनै आजको आबश्यकता हो । आजको नेपाल्को आर्थिक बिकाशको एउटा खम्बा भनेको उद्यमशीलता को नै हो । आजको २१ औ शताब्दीमा पनि अब हरेक युवा उद्यमि बन्न्नु पर्दछ र सरकारले पनि सक्दो सहयोग गर्नुपर्दछ । अर्काको जागीर खाने भन्दा पनि आफुले केही गर्ने मानसिकतामा अब नेपाली युबामा हुनुपर्दछ । आफ्नो ज्ञान सीप दक्षता जोस जागर यहि धर्तिमा खन्याउनु पर्दछ । उद्यमि बन्न चाहने युबाले हरेक कुरा ध्यान दिएर अगाडी बढ्नुपर्ने देखिन्छ र प्रदेश सरकार र स्थानिय सरकारले पनि यश बिसयमा ध्यान केन्द्रित गर्न जरुरी छ । आज बिश्व अर्थतन्त्र धवस्त भएको बेला र नेपालको पनि आर्थिक अवस्था धरासायी बनेको अवस्थामा अब यहि बिन्दुबाट सुरु गरियो भने केही न केही परिणाम देखिन्छ । यस कार्यक्रमको लागि विभिन्न निकायको पनि कामकारबाही देखिन्छ चाहे राष्ट्रिय युबा परिषद होस या युबा मन्त्रीलाई होस या अरु । अब यस विषयमा सबैले ध्यान दिनुपर्दछ र मैले यति बर्ष युद्द गरे मैले यो पद पाउनुपर्छ मैले यति बर्ष यो गरे त्यसैले मैले यो पद लिनुपर्छ भन्ने मानसिकताबाट अगाडी बढियो भने देश पुन पुरानै शैलीमा फर्कन्छ र अगाडी बढ्न सक्दैन । अब युवाको सीप ज्ञान दक्षताको आधारमा अगाडि बढाइनुपर्दछ ।

१ – पुँजी ब्यबस्थापन –  हरेक युबालाइ ब्यबसाय सुरुगर्दा seed money अर्थात बिउँ पुँजीको ब्यबस्था गरिनुपर्दछ । त्यो पनि नसके सरल ऋणको ब्यबस्था गर्नुपर्दछ । हाम्रो घर गाउमा चलेको चलन थियो बाख्री दिने त्यसबाट जन्मेको एउटा पाठा वा पाठी चाहिँ फिर्ता दिनुपर्ने त्यस् अनुसार कार्यक्रम ल्याइनुपर्दछ । अनुदानको हकमा कि सिधै प्रत्यक्ष सम्बन्धित निकायकोमा पुग्नु पर्दछ जस्तै सामाजिक सुरक्षा भत्ता जस्तै हैन भने अनुदान पुरै बन्द गरिनुपर्दछ । भन्नुको तात्पर्य ब्यबसाय गरिसकेपछि उसको नाफाबाट कमायको पहिलाको पुँजी फिर्ता गरिनुपर्दछ । आजको नेपालको उद्यमशीलताको समस्या भनेको पुँजी को हैन सोचको कमि हो । अब हरेक स्थानिय तहले fund तयार गरि हरेक वडामा १० -२० जनालाइ पुग्ने गरि उद्यम गर्ने ब्यक्तिलाई पुजिको ब्यबस्थापन गर्नुपर्दछ । सोचको कमि नगरौ स्रोत आफै छ ।

२ –  Idea बैंक स्थापना – अब सरकारले युबा उद्यमशीलताको लागि idea बैंक को स्थापना गर्नुपर्दछ र त्यसलाइ ब्यबहारिक रुपमा लागु गर्नुपर्दछ । देशको हरेक कुना र काप्चामा रहेका नयाँ सोँच innovation लाई ल्याइ बैंक स्थापना गरि त्यसलाइ आबश्यकता पुँजी र जनशक्ति स्थापना गरिनुपर्दछ ।

३ – ब्यबसाय र जग्गाको वर्गीकरण- उद्यमशीलताको लागि ब्यबसायको र ठाउँको वर्गीकरण हुन जरुरी छ । जस्तै उद्योगमा सम्भावना भएका ठाउमा उद्योग संचालन र स्थापना गरिनुपर्दछ । जस्तै हेटौंडालाई औद्योगिक छेत्र बनाइएको छ । बागमती प्रदेश फलाम खानीको सम्भावना छ । सिमेन्ट उत्पादनको लागि चुनढुङा पनि यहि छ । जडिबुटी जल्लस्रोत गिट्टी बालुवा पनि यहि छ । काभ्रे धादिङ र मकवानपुरको तरकारी बाहिर पठाउन सकिन्छ् । सिन्धुपाल्चोक चितवन काभ्रे पोखरा पर्यटकिय हिसाबले उच्च छ् । यसलाइ कानुननै बनाएर दुरगामी प्रभाव पार्ने काम गरिनुपर्दछ ।

४ – जनशक्ति निर्माण – उद्यमशिलता लाई अगाडि बढाउनुको निम्ति दक्ष जनशक्ति आबश्यक पर्दछ । हामी संग विभिन्न कलेज बिश्वबिद्धालयमा लाखौ विद्यार्थी उत्पादन गर्छौ र बिदेश पलायन गर्छौ । अब हरेक लाई यहि लगाइनुपर्दछ । उद्यमि र सीप बिकाशका टाँचा हेर्दा हाम्रा अभ्यासहरु हेर्दा पुरानै छन । हामी सग विभिन्न खानी जडिबुटी पर्याप्त छ त्यस्लाइ चभाष्लभ गरेर निर्यात गर्ने जनशक्ति हामी संग छैन । अब प्राबिधिक उत्पादन गरेर आफनै देशमा लगाइ आर्थिक उपजको निम्ति खटाइनुपर्दछ । अब बिदेशबाट फर्किएका युबाको सीप ज्ञान दक्षताको वर्गीकरण गरि उनिहरुलाइ यहि ब्यबसायमा लगाइनुपर्दछ । हामिसग हरेक वैदेशिक युबाको सीप तालिमको आधिकारिक सूचना र प्रणाली अझ विकास गरेनौ । अब यस विषयमा ध्यान दिन जरुरी छ ।

५ – प्रशासनिक सुधार – जब उद्यमशीलताको लागि युबा प्रशासनभित्र प्रवेश गर्छ त्यस निवेदन प्रक्रिया देखीनै उ ढिला सुस्तीको सिकार बन्छ । उ त्यस बेला देखिनै कमिसनको सिकार बन्छ । उसले आफू सँग भएको घर खेत झिटी झाम्टा सबै बेच्नुपर्ने हुन्छ । जब सम्म यसश प्रक्रिया सुध्रिदैन तबसम्मन युबा उद्यमशीलता बिकाश सम्भब छैन । उसले पाउनु पर्ने सेब सुबिधा आबश्यक कागजात प्रक्रियामा ढिलासुस्ती हुने काम नगरिदिने र मानसिक पीडा उसमा पर्दछ । प्रशासनिक सुधारको खाँचो धेरै छ त्यस कारण यो विषयमा कसरी प्रशासनिक तह लाई जिम्मेवार बनाउन गम्भीर हुन जरुरी छ ।

६ -Research & developmen – आजको देशको मुख्य आबश्यकता भनेकै खोज र अनुसन्धान हो । जब सम्म रिसर्च र innovation मा लगानी गरिदैन तबसम्म्न उद्यमशीलता कठिन छ । हामीकहाँ ठूलो समस्या भनेकै कुनै नयाँ काममा वा ठाउँमा लगानी गर्न पर्यो भने त्यसको गहिरो रुपमा अनुसन्धान हुने गरेकैछैन । जसले गर्दा प्रतिफल आउँन कठिन भइराखेको छ । नयाँ सोच नयाँ प्रबिधी नयाँ सीप नयाँ तरिका आइ सकेको हुन्छ हामी उहीँ पुरानै तरिका अपनाइरहेको हुन्छौ । त्यसकारण सम्बन्धित निकाय यस विषयमा चनाखो हुन जरुरी छ ।

 

 



ट्रेन्डिङ