सुनौली नाकाबाट उद्धार गरेर ल्याएकाहरुलाई माडीकै क्वोन्टाईनमा राखिने

सुनौली नाकाबाट उद्धार गरेर ल्याएकाहरुलाई माडीकै क्वोन्टाईनमा राखिने

पिविएम न्यूज 
चितवन १० जेठ । भैरहवाको सुनौली नाका र कपिलबस्तुको कृष्णनगर नाकावाट उद्धार गरेर ल्याएका आफ्ना नागरिकलाई माडीकै सुरक्षित क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । वडा अध्यक्ष, स्वास्थ्यकर्मी सहितको टिम लिएर मेयर ढकाल आफ्ना अलपत्र परेका नागरिकलाई लिन भैरहवाको सुनौली नाका पुगेका छन् । सुनौली नाका पछि कपिलवस्तुको कृष्णनगर नाकावाट समेत आफ्ना अलपत्र परेका नागरिकलाई उद्धार गर्ने कार्यक्रम छ । भारतका विभिन्न ठाउँबाट अलपत्र पर्दै नाका सम्म आइपुगेको सूचना पाए लगतै  २ वटा बस सहित मेयर ढकालको टोली भैरहवा नाका पुगेका छन् ।

आफ्ना नागरिक लिनका लागि दुई वटा बस लिएर नगर प्रमुख ढकालसहितको एक टोली बिहानै त्यसतर्फ प्रस्थान गरेको थिए । कृष्णनगर र सुनौली नाकामा माडीका ६६ जना नागरिक छन् । उहाँहरु नाकामा अलपत्र परेको खबर पाएपछि उद्धारका लागि आएका हौं ।’ मेयर ढकालले भने ।  भैरहवा स्थित सुनौली नाका पुगेका मेयर ढकालले अलपत्र परेका आफ्ना नागरिकहरुको खोजि भइरहेको बताए । अहिले हाम्रो टिम नाका क्षेत्रमा रहेकाहरुको अवस्थाको बारेमा जानकारी लिने काम भइरहेको छ उनले भने यहाँ अलपत्र रहेका सबै सम्पर्कमा आइसकेका छैन । सम्पर्कमा ल्याउने प्रयास छौ उनले थपे ।

कृष्ण्नगर र सुनौली नाकामा अलपत्र परेका नागरिक भारतको मुम्बई लगायतका विभिन्न सहरबाट मजदुरी गरी फर्किएकाहरु हुन् । भारतबाट आउने आफ्ना नागरिक राख्नका लागि क्वारेन्टाइनको व्यवस्थापन भइरहेको नगर प्रमुख ढकालले बताए । उनले भने, ‘आज उद्धार गरिएका मानिसलाई वडा नम्बर १ स्थित सोमेश्वर आधारभूत विद्यालयको क्वारेन्टाइनमा लगेर राख्छौं । जहाँ एक सय जना बस्न सक्ने क्षमता छ ।’माडीका विभिन्न वडामा ११ वटा क्वारेन्टाइन स्थापना गरिएको र हरेक क्वारेन्टाइन एक सय जना बस्न सक्ने क्षमता रहेको उनले बताए ।

यस अघि मेयर ढकाल आफ्ना अलपत्र परेका नागरिक लिन पर्साको ठोरी नाका पुगेका थिए ।  पर्साको ठोरी नाका भएर आउन खोजेका २४ जनामध्ये ९ जना पैदलै हिँडेर माडी आइपुगेको पनि उनले बताए । उनले भने, ‘उहाँहरुलाई पनि उद्धार गर्न हामी ठोरी नाका पुगेका थियौं । तर कानुनी अड्चनका कारण उहाँहरुको उद्धार गर्न सकेनौं । उहाँहरुलाई भारतीय पक्षले ठोरी नाकादेखि झण्डै ६ किलोमिटर टाढाको एक विद्यालयको क्वारेन्टाइनमा लगेर राखेको थियो ।’

२४ जनामध्ये ९ जना हिँडेरै शुक्रबार राति माडी आइपुगेको र उनीहरुलाई वडा नम्बर १ स्थित गोविन्दवस्ती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखेको उनले जानकारी दिए । अन्य १५ जना भने भारतकै क्वारेन्टाइनमा रहेको र उनीहरुलाई उद्धारको पहल भइरहेको मेयर ढकालले बताए ।

 

 

यो पनि पढ्नुहोला



ट्रेन्डिङ