अलपत्र नागरिकको सहयात्री बन्दै माडीका मेयर,आफ्ना अलपत्र नागरिक लिन बस लिएर सुनौली नाका पुगे

अलपत्र नागरिकको सहयात्री बन्दै माडीका मेयर,आफ्ना अलपत्र नागरिक लिन बस लिएर सुनौली नाका पुगे

चितवन १० जेठ । विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकको उद्धारमा माडी नगरपालिकाले निकै चासो देखाएको छ । सोही अनुसार माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल सहितको टिम अहिले मैरहवाको सुनौली नाका पुगेका छन् । माडी क्षेत्रका नागरिक सो ठाउँमा अलपत्र परेको सूचना आएपछि उनीहरुलाई उद्धार गर्न मेयर ढकाल टिम सहित सो ठाउँ पुगेका हुन । उनले सुनौली नाका सँगै कपिलवस्तुको कृष्णनगर नाकामा अलपत्र परेका आफ्ना नागरिकलाई समेत उद्धार गर्नेछन् ।

आफ्ना नागरिक लिनका लागि दुई वटा बस लिएर नगर प्रमुख ढकालसहितको एक टोली बिहानै त्यसतर्फ प्रस्थान गरेको थिए । कृष्णनगर र सुनौली नाकामा माडीका ६६ जना नागरिक छन् । उहाँहरु नाकामा अलपत्र परेको खबर पाएपछि उद्धारका लागि आएका हौं ।’ मेयर ढकालले भने ।  भैरहवा स्थित सुनौली नाका पुगेका मेयर ढकालले अलपत्र परेका आफ्ना नागरिकहरुको खोजि भइरहेको बताए । अहिले हाम्रो टिम नाका क्षेत्रमा रहेकाहरुको अवस्थाको बारेमा जानकारी लिने काम भइरहेको छ उनले भने यहाँ अलपत्र रहेका सबै सम्पर्कमा आइसकेका छैन । सम्पर्कमा ल्याउने प्रयास छौ उनले थपे ।

कृष्ण्नगर र सुनौली नाकामा अलपत्र परेका नागरिक भारतको मुम्बई लगायतका विभिन्न सहरबाट मजदुरी गरी फर्किएकाहरु हुन् । भारतबाट आउने आफ्ना नागरिक राख्नका लागि क्वारेन्टाइनको व्यवस्थापन भइरहेको नगर प्रमुख ढकालले बताए । उनले भने, ‘आज उद्धार गरिएका मानिसलाई वडा नम्बर १ स्थित सोमेश्वर आधारभूत विद्यालयको क्वारेन्टाइनमा लगेर राख्छौं । जहाँ एक सय जना बस्न सक्ने क्षमता छ ।’माडीका विभिन्न वडामा ११ वटा क्वारेन्टाइन स्थापना गरिएको र हरेक क्वारेन्टाइन एक सय जना बस्न सक्ने क्षमता रहेको उनले बताए ।

यस अघि मेयर ढकाल आफ्ना अलपत्र परेका नागरिक लिन पर्साको ठोरी नाका पुगेका थिए ।  पर्साको ठोरी नाका भएर आउन खोजेका २४ जनामध्ये ९ जना पैदलै हिँडेर माडी आइपुगेको पनि उनले बताए । उनले भने, ‘उहाँहरुलाई पनि उद्धार गर्न हामी ठोरी नाका पुगेका थियौं । तर कानुनी अड्चनका कारण उहाँहरुको उद्धार गर्न सकेनौं । उहाँहरुलाई भारतीय पक्षले ठोरी नाकादेखि झण्डै ६ किलोमिटर टाढाको एक विद्यालयको क्वारेन्टाइनमा लगेर राखेको थियो ।’

२४ जनामध्ये ९ जना हिँडेरै शुक्रबार राति माडी आइपुगेको र उनीहरुलाई वडा नम्बर १ स्थित गोविन्दवस्ती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखेको उनले जानकारी दिए । अन्य १५ जना भने भारतकै क्वारेन्टाइनमा रहेको र उनीहरुलाई उद्धारको पहल भइरहेको मेयर ढकालले बताए ।



ट्रेन्डिङ