क्षेत्रीय होटल संघ सौराहाको फेसबुके निर्णयले क्वारेन्टाइन व्यवस्थापनमा थोरै समय लाग्यो – वडा अध्यक्ष

क्षेत्रीय होटल संघ सौराहाको फेसबुके निर्णयले क्वारेन्टाइन व्यवस्थापनमा थोरै समय लाग्यो – वडा अध्यक्ष

रत्ननगर ९ जेठ । कोरोनाको जोखिममा रहेकालाई राख्न क्वारेन्टाइन बनाउने क्रममा रत्ननगरको वडा नं. ६ मा स्थानीयले विरोध गरेका छन् । स्थानीय बछौली माध्यमिक विद्यालयमा क्वारेन्टाईन बनाउने तयारी थियो । घनावस्तीका बीचमा क्वारेन्टाइन राख्न खोजेको भन्दै स्थानीयले तीब्र विरोध जनाएपछि अन्तत स्कुल छाडेर वडाले ‘लायन्स डेन’लाई क्वारेन्टाइन बनाउने निर्णयमा पुगेको छ ।

मानविय वस्ती भन्दा थोरै टाढा भएकाले पनि यसैलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने तयारीमा लागेको वडा अध्यक्ष बलराम दाहालले बताए । अध्यक्ष दाहालका अनुसार आइतवारदेखि क्वारेन्टाइन संचालनमा आउनेछ । क्वारेन्टाइनका लागि बछौली स्कुलमा विरोध आएपछि सौराहा सामुदायिक पुस्तकालयलाई बनाउने विषयमा छलफल भइरहेको थियो ।

सो क्षेत्रमा पनि सहमति जुट्न नसकेपछि ‘ लायन्स डेन ’लाई क्वारेन्टाइन बनाउने निर्णयमा पुगेको हो । पुस्तकालयदेखि झण्डै ५ सय मिटरको दुरीमा ‘लायन्स डेन’ छ । ‘लायन्स डेन’ म्यूजिक पप बार हो । यस अघि विहीवार मात्रै रत्ननगरका प्रमुख नारायण वन सहित क्षेत्रीय होटल संघ नेपालका पदाधिकारीबीच सौराहाका होटलहरुलाई क्वारेन्टाइन बनाउने विषयमा छलफल भएको थियो । छलफलमा तत्काल सौराहाका होटल संचालकहरुले क्वारेन्टाइनका लागि दिन नसक्ने बताएपछि वडा कार्यालयलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या भयो ।

क्वारेन्टाइन बनाउन लागिएको ठाउँ ।

यस अघि क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले आवश्कता परे सौराहाका होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयो गर्न सकिने बताएका थिए । उनले विभिन्न संचार माध्यममा दिएको प्रतिकृया र अन्तरवार्तामा सरकारलाई आवश्यक परे सौराहाका ४ हजार वेड क्वारेन्टाइनका लागि दिने प्रतिवद्धता जनाएका थिए । स्थानीय होटल व्यवसायिहरु भने यो विषयमा आफुहरुलाई खासै जानकारी नभएको बताए । आफुहरु सँग समन्वय नै नगरेर अध्यक्षले आफुखुशी चर्चामा आउनका लागि यस्तो प्रतिकृया दिएको हुन सक्ने आरोप लगाए । यता जनप्रतिनिधिहरु पनि क्षेत्रीय होटल संघले झुटो आश्वासन बाँडेको बताए ।

वडा नं. ६ का वडा सस्य किरण चौधरीले क्वारेन्टाइनका लागि होटलका वेडहरु प्रयोग गर्न सकिने भनेर प्रचार गरेपनि आवश्यकता पर्दा होटल व्यवसायिहरुले सहयोग नगरेको गुनासो गरे । यस अघि क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले तीन हजार शैया केन्द्रीय सरकार र एकहजार शैया स्थानीय सरकारले प्रयोग गर्ने गरी दिन सकिने आधिकारीक निर्णय नै भएको ठोकुवा गरेका थिए ।

वडा अध्यक्ष बलराम दाहालले क्षेत्रीय होटल संघका पदाधिकारीहरुको प्रचारमुखी बोलीले क्वारेन्टाइन व्यवस्थापनमा थोरै समय बढी लागेको बताए । फेसबुके निर्णयले कहिलेकाहिँ समस्या ल्याउँछ अध्यक्ष दाहालले भने हामी आफैले नयाँ व्यवस्थापन गरिसकेको छौं ।

चर्चामा आउन उतिबेला संचारमाध्यमा यसरी छाएका थिए ।- 

चर्चामा आउन उतिबेला संचारमाध्यमा यसरी छाएका थिए ।

 

 



ट्रेन्डिङ