नेपालमा थप २० जनामा संक्रमण भएको पुष्टी, संक्रमितको संख्या ५ सय ७ पुग्यो

नेपालमा थप २० जनामा संक्रमण भएको पुष्टी, संक्रमितको संख्या ५ सय ७ पुग्यो

काठमाण्डौं ९ जेठ । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम – १० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ -१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।  यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

यस्तै मोरङको रतुवामाई – २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै आज कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ७० पुगेको छ ।



ट्रेन्डिङ