बाहिर जिल्लाबाट आउनेलाई वडास्तरको क्वारेन्टिनमा बस्न भरतपुर महानगरको आग्रह

बाहिर जिल्लाबाट आउनेलाई वडास्तरको क्वारेन्टिनमा बस्न भरतपुर महानगरको आग्रह

चितवन ९ जेठ । भरतपुर महानगरले छिमेकी मुलुक भारत लगायत अन्य जिल्लाबाट आउने भरतपुरका नागरिकलाई वडास्तरमा तयार गरिएका क्वारेन्टिनमा बस्न आग्रह गरेको छ। महानगरका मेयर रेनु दाहालले आज एक अपिल जारि गर्दै भारतबाट आउने व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिन थालेकोले आफै सजग भइ स्थानीय क्वारेन्टिनमा बस्न आग्रह गरेकी छिन् ।

महानगरभित्र हरेक वडामा न्युनतम १० वेडको क्वारेन्टिन स्थापना भइसकेकाले बिदेश तथा जिल्लाबाहिरबाट आउनु भएको सम्पूर्ण महानुभावहरु वडामा स्थापना भएका क्वारेन्टिनहरुमा बसि आफु र समाजप्रतिको दायित्व पूरा गर्नुहुन हार्दिक अपिल गर्दछु महानगरद्धारा जारी विज्ञप्तिमा भनिएको छ । भारतबाट आएका भरतपुर वडा नं ६ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएकोले नगरबासिलाइ अनावश्यक रुपमा घरबाहिर ननिस्कन पनि अपिल गरिएको छ।

रोकथामको लागि सचेतना,रोकथामको उपायको अवलम्वन र प्रभावकारी उपचारका बिधिहरु अवलम्वन गर्न सम्वन्धित सवैलाइ मेयर दाहालले आग्रह गरेकी छिन्। भारतमा रेलवे सेवा संचालन हुन थालेपछि धेरै नेपालीहरु घर फर्कीने क्रम जारी भएकाले भरतपुर महानगर घरभएकाहरु फर्कीएर आउने सक्ने भएकाले उच्च सावधानी अपनाउन भनेको छ ।

 



ट्रेन्डिङ