चितवनका नयाँ संक्रमितहरुको ‘कन्ट्याक्ट ट्रेसिङ ’हुँदै , वडा नै सील गरियो

चितवनका नयाँ संक्रमितहरुको ‘कन्ट्याक्ट ट्रेसिङ ’हुँदै , वडा नै सील गरियो

चितवन ९ जेठ । चितवनमा थप दुईजनामा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । संक्रमितहरुको ‘कन्ट्याक्ट ट्रेसिङ ’ गर्न चितवन प्रशासनले तयारी गरेको छ । भरतपुर वडा नं. ६ स्थित केशरबाग सँगै सिंगैवडालाई सील गरिसकिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिए ।

वडाभित्र आवतजावत नहोस भनेर तत्कालका लागि वडा नै सील गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले बताए । संक्रमितहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’गर्ने काम सकिएपछि आवश्कयताका आधारमा सील खोल्ने नखोल्ने निर्णय हुन्छ उनले भने । जेठ ३ गते भारतवाट घर आएदेखि नै घरमै क्वारेन्टिनमा बसेको बुझेको खबर पाएकोछु उनले भने यो विषयमा थप बुझ्ने काम भइरहेका छन् ।
संक्रमितहरु जेठ ३ गते एम्बुलेन्स चढेर घर आएका थिए ।



ट्रेन्डिङ