चितवनमा भेटिएको संक्रमित भरतपुर ६ केसरबाघका ७४ बर्षका पुरुष र ७३ वर्षिया महिला भएको पुष्टी

चितवनमा भेटिएको संक्रमित भरतपुर ६ केसरबाघका ७४ बर्षका पुरुष र ७३ वर्षिया महिला भएको पुष्टी

चितवन ९ जेठ । चितवनमा थप दुईजनामा संक्रमण देखिए सँगै नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला, काठमाण्डौं र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको हो । नवलपरासी ( वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर वडा नं. ६ केसरबाघ चितवन बस्ने ७४ वर्षीय पुरुष र ७३ वर्षिया महिला रहेका छन् ।

यस्तै नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ बस्ने ३३ वर्षका पुरुषहरु र १५ बर्षिया महिला रहेको छ । यस्तै कपिलवस्तू बाणगंगा नगरपालिका मैयादेवी गाउँपालिका विभिन्न वडामा बस्ने पुरुषहरु र एकजना ८ वर्षकी बालिका समेत संक्रमित छन् । यस्तै सर्लाही, गौडेता नगरपािलकाका गरी ३० जना नयाँ संक्रमिट फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।



ट्रेन्डिङ