अमेरिकामा थप एक जना नेपालीको ज्यान गयो, सक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

अमेरिकामा थप एक जना नेपालीको ज्यान गयो, सक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

क्यालिफोर्निया ९ जेठ । कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा थप एक जना नेपालीको ज्यान गएको छ । अमेरिकाको कनेक्टिकट राज्यमा बस्दै आएका राजसेन ठकुरीको कोरोना भाइरसको सक्रमणका कारण मृत्यु भएको हो ।

स्थायी घर तनहुँ भएका ठकुरीको बुधवार सॉझ मृत्यु भएको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले जानकारी दिएका छन् । प्राप्त जानकारी अनुसार ठकुरी नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत भएको बताइएको छ ।

योसँगै कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । प्रवासमा रहेका नेपालीहरू मध्ये संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । यहॉ संक्रमित नेपालीहरूको संख्या २ हजारको हाराहारीमा रहेको बताइएको छ ।



ट्रेन्डिङ