चितवनमा थप दुईजनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या पाँच पुग्यो

चितवनमा थप दुईजनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या पाँच पुग्यो

चितवन ९ जेठ । चितवनमा पनि दुईजनामा कोरोना ( कोभिड १९ ) को संक्रमण देखिएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–६ गीतानगर निवासी दुई जनामा कोरोना संक्रमण देखिएको अस्पातल स्रोतले जानकारी दिएको छ । उनीहरु केहि समय अघिमात्रै भारतवाट आएको दावी छ ।

चितवनमा यसअघि ३ जनामा संक्रमण देखिएको थियो । उनीहरु तीनैजना निको भएर घरफर्किसकेका छन् । यसैबीच नवलपुरको चोरमारामा पनि थप एकजनामा संक्रमण देखिएको छ । थप विवरण आउन बाँकी छ ।



ट्रेन्डिङ