आफ्नै श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ

आफ्नै श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ

सोलुखुम्बु ९ जेठ । सोलुखुम्बुमा आफ्नै श्रीमानालाई खुकुरी प्रहार गरेको आरोपमा १ महिला पक्राउ परेकी छिन् । जिल्लाको सोताङ गाउँपालिका बस्ने ४६ बर्षीया परीमाया राई आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेकी हुन् ।

उनले बिहीबार दिउँसो साढे ३ बजे घरमा बसिरहेका ४५ बर्षीय श्रीमान् प्रताप सिंह राईको टाउँकोमा खुकुरी प्रहार गरेकी थिइन् । खुकुरी प्रहारबाट घाइते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मदिरा खाएर घरमा आएकी परीमाया श्रीमानलाई खुकुरी प्रहार गरी फरार भएकी थिइन् । तत्काल प्रहरीमा खबर हुनासाथ उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।



ट्रेन्डिङ