नेपालमा थप तीनजना संक्रमित भेटिए, संक्रमितको संख्या ४५७ पुग्यो

नेपालमा थप तीनजना संक्रमित भेटिए, संक्रमितको संख्या ४५७ पुग्यो

काठमाडौं ८ जेठ । नेपालमा थप तीन जनामा कोरोना ( कोभिड १९ ) का संक्रमण भेटिएको छ । संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नयाँ तीनजना संक्रमित भेटिएको पुष्टी गरेका छन् । बाँके नरैनापुरका ३२ वर्षीय पुरुष, खजुराकी ४२ वर्षीया महिला र कपिलबस्तु सुद्दोधनका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।



ट्रेन्डिङ