नेपालमा थप ९ जना कोरोना संक्रमित भेटियो / संक्रमितको संख्या ४५३ पुग्यो

नेपालमा थप ९ जना कोरोना संक्रमित भेटियो / संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं ८ जेठ। नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण देखिएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । संक्रमित मध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।



ट्रेन्डिङ