रूखले किचेर एकजनाको मृत्यु

रूखले किचेर एकजनाको मृत्यु

ताप्लेजुङ्ग ७ जेठ । ताप्लेजुङ्गको फुङलिङ नगरपालिका १० का ३० वर्षीय सन्तबिर लिम्बुको रूखले किचेर मृत्यु भएको छ । बुधबार विहान घर नजिकैको जंगलमा दाउरा काट्न रुख ढाल्नेक्रममा सोही रूखले किच्दा लिम्बुको घटनास्थलमै मृत्यु भएको एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् ।



ट्रेन्डिङ