नेपालमा थप २५ जनामा कोरोना संक्रमण भेटियो / संक्रमितको संख्या ४२७ पुग्यो

नेपालमा थप २५ जनामा कोरोना संक्रमण भेटियो / संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं ७ जेठ । आज विभिन्न जिल्लामा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । विभिन्न ठाउँका ल्याबमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । संक्रमितमध्ये ३ वर्षीय बालकदेखि ४८ वर्षीय पुरुषसम्मका रहेका छन् ।

पछिल्ला संक्रमितमा बाँकेमा ६, धनकुटामा ५, कपिलबस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले आज थपिएका संक्रमितसहित देशभर ४ सय २७ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।



ट्रेन्डिङ