Banner News
नेपालको नयाँ राजनीतिक नक्सा आज सार्वजनिक गरिँदै / २ बजेर १५ मिनेटको साईत

काठमाण्डौं ७ जेठ । नेपालको नयाँ राजनीतिक नक्सा आज सार्वजनिक गरिँदै छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा आज दिउँसो सार्वजनिक गर्न लागिएको हो । मन्त्रिपरिषदबाट सोमबार पारित भएको उक्त नक्सा बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सार्वजनिक गर्ने कार्यक्रम छ। नक्सा सार्वजनिक गर्ने उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने मन्त्री पद्मा अर्यालको सचिवालयले जनाएको छ।
बुधबार दिउँसो २ – १५ बजे नक्सा सार्वजनिक गर्ने मन्त्रालयको भनाइ छ।