गुल्मीमा उपचारत्त संक्रमित व्यक्तिको मृत्युभएको छैन – अस्पताल

गुल्मीमा उपचारत्त संक्रमित व्यक्तिको मृत्युभएको छैन – अस्पताल

रूपन्देही ७ जेठ । विहानैदेखि आज एउटा खबर फैलियो । कोरोना संक्रमणवाट तेश्रो व्यक्तिको मृत्युको खबरले धेरैलाई निरास बनायो । तर खबरमा सत्यता नभएको पृष्टी भएको छ । कोभिड १९ संक्रमण पुष्टि भएका गुल्मका ४१ वर्षका शिक्षकको स्वास्थ्य उपचार भइरहेको छ । उनको अवस्था गभ्भीर रहेको अस्पतालले जनाएको छ । उनको मृत्युभएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ ।
आज मध्यान्न १२ बजेको समयमा अस्पतालले विज्ञप्ति नै जारी गरेर उनको स्वास्थ्य उपचार भइरहेको जनाएको छ ।

रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर ( कृतिम स्वासप्रश्वास)मा राखेर उपचार भइरहेको जनाएको छ । अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालले पनि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । ‘अझै डाक्टरहरु उपचारमै हुनुहुन्छ, मृत्यु भएको होइन,’ उनले भने, ‘केहीबेरमै अस्पतालले उहाँको अवस्थाको बारे जानकारी सार्वजनिक गर्दैछ ।’

अस्पताल संचालक समितिका अध्यक्ष चिन्तामणि पाण्डेले संक्रमितको अवस्था मंगलबारको जस्तै स्थीर रहेको बताए । उनले भने, ‘उपचार भइरहेको बताए । बिरामीको अवस्थाबारे आधिकारिक जानकारी दिने तयारीमा छौं ।’

बैशाख २५ गतेदेखि नै सामान्य ज्वरो र खोकी देखिएका उनले स्थानीय मेडिकलमा उपचार गराएका थिए । सुधार नभएपछि अर्घाखाँची हुँदै जेठ १ गते देखि रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका थिए । उनमा जण्डिस र मृगौलामा पनि समस्या देखिएको थियो ।



ट्रेन्डिङ