क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने नेकपाका अध्यक्ष प्रचण्डको प्रतिवद्धता

क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने नेकपाका अध्यक्ष प्रचण्डको प्रतिवद्धता

काठमाडौं ७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । बेपत्ता स्मृति दिवसको अवसरमा आज जारी गरिएको विज्ञप्तिमा क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता जनाएका हुन ।

महान् बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिष्ट क्रान्तिकारीहरुको जिम्मेवारी हो प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस सन्दर्भमा हाम्रो पार्टी बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता दोहोर्याउँछ । जनयुद्ध र ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता भएका सम्पूर्ण योद्धाहरुको स्मृति दिवसका सन्दर्भमा प्रचण्डले उनीहरुप्रति उच्च सम्मान व्यक्त गर्दै परिवारजनहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता हुनुभएका योद्धाहरुको संघर्षका कारण नै आज मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा रहेको प्रचण्डको भनाइ छ ।



ट्रेन्डिङ