कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि

कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। एक जना नायब निरीक्षक र एक जवानलाई कोरोना सङ्क्रमण भएको वृत्त प्रमुख रुगम कुँवरले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि वृत्त र सँगै रहेको ट्राफिक कार्यालय र महिला सेललाई सिल गरिएको छ ।

उनीहरु दुवै जना फिल्डमा खटिएका प्रहरी हुन्। दुवैलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा राखिएको कालिमाटी वृतका प्रमुख रुगम कुँवरले जानकारी दिनुभयो ।



ट्रेन्डिङ