लक डाउन बढेसँगै चोरीका घटनाहरु बढन थाल्यो / रत्ननगरमा मोबाइल पसलमा चोरी

लक डाउन बढेसँगै चोरीका घटनाहरु बढन थाल्यो / रत्ननगरमा मोबाइल पसलमा चोरी

विक्रम कंडेल- 

रत्ननगर ७,जेठ । लक डाउन बढेसँगै चोरीका घटनाहरु बढ्न थालेका छन् । पूर्वी चितवनका विभिन्न ठाउँमा चोरीहरु भइरहेकाले उच्च सावधानी बढाउन प्रहरीले आग्रह समेत गर्दै आएको छ । पूर्वी चितवनको रत्ननगरमा गएराती मोबाइल पसलमा चोरी भएको छ । सौराहा चोक स्थित सगरमाथा मोबाइल हाउसमा चोरी भएको हो ।

चोरले नयाँ र पुराना गरी करिब ५५ वटा भन्दाबढी मोबाइलसहित नगद र रिचार्ज लगेको सगरमाथा मोबाइलका सञ्चालक शंकर पौडेलले जानकारी दिए । पसलमा मर्मतका लागि आएका एप्पलको आइफोनलगायत मोबाइल चोरी भएका छन् । करिब २० लाख रुपैयाँ बराबरको चोरी भएको पौडेलको दावी छ ।

तराईमुलका व्यक्तिल सटरको माथिल्लो भागबाट प्रवेश गरेर जिप्सन काटेर पसलभित्र छिरेको सिसिटिभीले देखाउँछ ।  सिसिटिभी फुटेजमा अन्दाजी १९ वर्षका देखिने तराईमुलका व्यक्तिले जिप्सन काटेर पसल भित्र छिरेर मोबाइल लगायतका सामग्रीहरु बोकेर लगेको देखिएको छ । उनले छानिछानि मोबाइल लगेको सिसिटिभीमा प्रष्ट देख्न सकिन्छ ।
यस अघि बकुलहर चोक स्थित कम्प्युटर पसलमा समेत चोरी भएको थियो । यसरी चोरीहुने क्रम बढ्दै गएपनि चोरीगर्नेहरुको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान हुँदै छ भन्दै आलटाल गर्दै आएका छन् ।



ट्रेन्डिङ