केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं ७ जेठ । अहिले देशभर स्थानीय वायुको प्रभावसंगै बंगालको खाडीबाट विकसित भएको अंफुन चक्रवातको अप्रत्यक्ष प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो चक्रवातका कारण नेपालका पूर्व र मध्य क्षेत्रको मौसम आगामी ३, ४ दिनसम्म प्रभावित हुनेछ ।

पूर्व र मध्य क्षेत्रका केही स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने छ भने पूर्व र मध्य क्षेत्रमा खोलानालाहरुको जलप्रवाहमा समेत बढोत्तरि हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आव्हान गरेको छ । हाल देशको सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भु–भाग लगायत प्रदेश नं ५ का केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बांकी सबै भु–भागमा सामान्य बदली रहि केही स्थानहरुमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पूर्वी भू–भागहरुमा पूर्ण बदली तथा मध्य भु–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वी भू–भागका धेरै, मध्य भू–भागका केही र पश्चिमी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पुर्वी, मध्य र पश्चिमी क्षेत्रका उच्च हिमाली भु–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत संँभावना रहेको छ। आज राती देशको पूर्वी भू–भागहरुमा पूर्ण बदली तथा मध्य भु–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



ट्रेन्डिङ