पूर्वी चितवको माधवपुरमा श्रीमानको खुर्पा प्रहारवाट श्रीमती घाइते

पूर्वी चितवको माधवपुरमा श्रीमानको खुर्पा प्रहारवाट श्रीमती घाइते

पिविएम न्यूज-
रत्ननगर ६ जेठ । पूर्वी चितवनको माधवपुरमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमती घाइते भएकी छिन् । आज साँझ ८ बजेतिर श्रीमानले घाटीमा खुर्पाले हानेका थिए । दिपज्योती टोल बस्ने ५४ वर्षिय श्रीमान पूर्णप्रसाद ढकालले आफ्नै ४३ वर्षिया श्रीमती सुशिला ढकाललाई खुर्पा प्रहार गरेका हुन ।

उनको घाँटीमा गम्भिर चोट लागेकोले अवस्था गम्भिर छ ।  अहिले उनको भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ( पुरानो मेडिकल ) मा उपचार भइरहेको छ । खुर्पा प्रहार गर्ने श्रीमान पूर्णप्रसादलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गर्दै आएको ढकालले यस अघि पनि पटक पटक श्रीमतीसँग झगडा हुने गरेको स्थानीयले बताए । पेशाले उनी शिक्षक हुन । लक डाउनको कारण स्कुल बन्दभएपछि उनी घर आएका थिए ।

स्रोतका अनुसार घाइते हुने उनको कान्छी श्रीमती हुन । खुर्पा प्रहार गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक रबिन कार्कीले जानकारी दिए ।



ट्रेन्डिङ