नेपालमा थप २७ जनामा कोरोना संक्रमण भेटियो / संक्रमितको संख्या ४०२ पुग्यो

नेपालमा थप २७ जनामा कोरोना संक्रमण भेटियो / संक्रमितको संख्या ४०२ पुग्यो

काठमाण्डौं ६ जेठ । नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण देखिएको छ । थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । यससँगै नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ ।मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।



ट्रेन्डिङ