कपिलबस्तु जिल्ला थप जेठ २० गते सम्म शिल !

कपिलबस्तु जिल्ला थप जेठ २० गते सम्म शिल !

कपिलबस्तु ५ जेठ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ २० गते सम्म सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्लालाई जेठ २० गते राति १२ बजेसम्म शिल गर्ने निर्णय गरेको हो । यसअघि जिल्लालाई जेठ ५ गते राति १२ बजेसम्म जिल्ला शिल गर्ने निर्णय भएको थियो ।

‘जिल्ला शिल हुँदा पनि खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म प्रत्येक सोमबार, बुधबार र शनिबार खुला हुनेछन्’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘तर अन्य जिल्लाबाट आउन र जान पूर्ण निषेध गरिएको छ ।’ अत्यावश्यक बाहेका सबै उद्योग धन्दा कलकारखाना उद्योग व्यवसाय, सवारी सधान सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) क र संक्रमण रोग ऐन २०२० को दफा २ (१) अनुसार जिल्ला सिल गरिएको हो । अब पासमा समेत कडाई गरिने छ । जिल्लामा ४३ जना कोरोना संक्रमति भेटिएका छन् ।



ट्रेन्डिङ