कर्णाली प्रदेशमा पनि देखियो कोरोना संक्रमण/ संक्रमितको संख्या ३७५ पुग्यो

कर्णाली प्रदेशमा पनि देखियो कोरोना संक्रमण/ संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौँ ५ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज र कोसी अस्पताल विराटनगर गरिएको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३७५ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

सोमबार साँझ संक्रमण पुष्टि भएकाहरुमा बाँकेको नरैनापुरका १२ पुरुष, धनुषाका २ पुरुष, दैलेख, सुनसरी झापा र खोटाङका एक-एक जना रहेको मन्त्रालयले जनाएको छ । यसअघि सोमबार नै ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि सोमबार दिउँसो नै बाँकेकझ नरैनापुरमा ४६ जना पुरुष र एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा नेपालमै सबैभन्दा बढी ९३ जनामा स‌ंक्रमण पुष्टि भएको छ । सुनसरी, खोटाङ र दैलेखमा पनि पहिलो पटक संक्रमण देखिएको हो ।



ट्रेन्डिङ