लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको नयाँ नक्सा आउने भो / मन्त्रिपरिषदवाट पारित

लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको नयाँ नक्सा आउने भो / मन्त्रिपरिषदवाट पारित

काठमाण्डौं ५ जेठ । नेपालको आफ्नै नक्सामा लिम्पियाधुरा सहितको भूभाग नभएकाले नेतृत्वकर्ताहरुको तीब्र आलोचना भइरहेको बेला सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्दै छ । आज बसेको मन्त्रिपरिषदको बैठकमा नयाँ नक्सा सार्वजनिक गर्ने विषय पारित भएको छ ।

मन्त्रिपरिषद्‍ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको हो। आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा प्रस्तुत गरेकी थिइन् । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।



ट्रेन्डिङ