कोरोना भाइरसविरुद्धको छिट्टै बनाउने चीनको घोषणा

कोरोना भाइरसविरुद्धको छिट्टै बनाउने चीनको घोषणा

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनफिङ कोरोना भाइरसको महामारी रोक्न आफ्नो देशले चालेका कदमहरूको बृहत् समीक्षा गर्न आफू तयार रहेको बताएका छन् । बिबिसीका अनुसार सोमबार विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आएपछि समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

भिडियो सम्बोधन उनले भने, ‘त्यस्तो समीक्षा डब्लुएचओको नेतृत्वमा वैज्ञानिक र व्यवसायिक रूपमा तथ्यपूर्ण र निष्पक्षताका साथ गर्नुपर्छ । हामीले सार्वजनिक स्वास्थ्यमा विश्व प्रणालीलाई मजबुद् बनाउनुपर्छ। प्रणालीमा कुनै कमजोरी देखिए त्यसलाई सुधार्दै जानुपर्छ।’ यसअघि अमेरिका, अष्ट्रेलिया र विभिन्न पश्चिमी युरोपेली मुलुकले कोरोना भाइरसको उद्गम थलो चीनले महामारी रोक्न अपनाएको कदमबारे छानबिन हुनुपर्ने माग गर्दै आएका थिए ।

राष्ट्रपति सीले कोरोनाभाइरसको नियन्त्रणका लागि चीनले खुला, पारदर्शी र जिम्मेवारपूर्ण तरिकाले काम गरेको बताएका छन् । उनले भने, ‘हामीले डब्लुएचओ र सम्बन्धित देशहरूलाई समयमै जानकारी उपलब्ध गराएका थियौं।’ कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने अभियानमा आफूहरु लागेको जानकारी दिदै उनले सबैको हित हुनेगरी चीनले छिट्टै भ्याक्सिन बनाउने घोषणा गरे ।



ट्रेन्डिङ